काठमाडौ, बैशाख । नेपाली कांग्रेस क्षेत्र नं ५ मा काठमाडौ ४ चन्डोल निबासी सरोज पौडेललाई क्षेत्रीय सदस्यमा मनोनयन गरिएको छ । नेपाली कांग्रेस क्षेत्र नं ५ का सभापति रमेश खड्काले आज सो मनोनयन पत्र पौडेललाई हस्तान्तरण गर्नुभयो ।
नेपाली काँग्रेस काठमाडौ ४ महानगरीय समिति तथा उक्त वडाका स्थानीय नेता सहभागी रहेको सो अवसरमा सो मनोनयन पत्र हस्तान्तरण गरिएको हो ।
सो पत्र हस्तान्तरण अवसरमा क्षेत्रीय सभापति रमेश खड्काले मनोनयन पत्र पढेर सुनाउनुभएको थियो ।
सो पत्र बुझ्दै मनोनयन हुनुभएका क्षेत्रीय सदस्य पौडेलले आफूले पार्टीले लगाए, खटाएको काम ईमान्दारीपूर्वक गर्ने बताउनुभयो ।
सो अवसरमा नेपाली काग्रेस काटमाडौँ जिल्ला सदस्य अनिशराम भट्टराई, वडा नं ४ महानगरीय समितिका सभापति रामप्रसाद न्यौपाने, संबिधानसभा सदस्य रमा गुरागाइँलगायतको उपस्थिति रहेको थियो ।