२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नयाँ वर्ष २०७८ : देशवासीलाई सम्बोधन

प्रधानमन्त्री ओलीले भने : " सरकारले जनतामा आशा जगाउने काम गरेको छ "

आउँदो बजेटमा सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने

बुधवार , बैशाख १, २०७८

 काठमाडौं,   वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिकूलताको बीच पनि सरकारले असाधारण काम गरेको बताएका छन् । नयाँ वर्ष २०७८ को अवसरमा बुधबार देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन् ।

केही भएन भनेर जनतामा निराशा बढाउने काम भएको भन्दै उनले आफ्नो नेतृत्वको सरकारले जनतामा आशा जगाउने काम गरेको बताए । ‘हामीले समयलाई प्रतिकूलताका बीच पनि खेर जान दिएका छैनौं,’ प्रधानमन्त्री ओलीले भने ।

प्रतिदिनमा पाँच किलोमिटरभन्दा बढी बाटो निर्माण गरिरहेको र एक दिनमा कम्तिमा १२ वटाको दरले आवास बनेको उनले बताए ।

सामाजिक सुरक्षा भत्ता महिनाको एक सयबाट सुरु गरेको स्मरण गर्दै उनले त्यो भत्ता दिनको एक सयमा पुगेको बताए । आउँदो बजेटमा सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने उनले बताए ।

करिब ६० लाख सामाजिक सुरक्षामा आवद्ध भएको जानकारी पनि उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार