२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

जनता समाजवादी पार्टी

जसपा अध्यक्ष भट्टराई र यादव पुगे कांग्रेस सभापति देउवा भेट्न

समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी

मंगलवार , चैत्र ३१, २०७७

काठमाडौं, चैत । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।

देउवा निवास बुढानिलकण्ठ पुगेर आज दिउँसो साढे ४ बजे उनीहरूले देउवासँग कुराकानी गरेका हुन्। देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार उनीहरूबीच करिब आधा घन्टा कुराकानी भएको हो।

गत शुक्रबार देउवाले माओवादी केन्द्र र जसपा नेतासँग कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रस्ताव राख्दै समर्थन जनाउन भनेका थिए। त्यसबेला माओवादी केन्द्रले समर्थन गरे पनि जसपाले पार्टीमा छलफल गर्न समय मागेको थियो।

यसबीचमा जसपाको पदाधिकारी बैठक पनि बसेको थियो तर कुनै निर्णय लिएन। जसपा बैठक बसेपछि भट्टराई र यादव देउवा भेट्न उनकै निवास पुगेका हुन उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको देउवाको सचिवालयले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार