२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा माओवादी केन्द्र

ओली सरकार : ' सांसदबाट चार मन्त्रीलाई हटाउन पत्र'

प्रतिनिधिसभाका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले पार्टी परिवर्तन गरेकाले सांसद पदबाट हटाउन

मंगलवार , चैत्र २४, २०७७

काठमाडौँ, चैत । पार्टी परित्याग गरी एमाले प्रवेश गरेका चारजना सांसदलाई सांसदबाट हटाएको पत्र नेकपा (माओवादी केन्द्र) ले संघीय संसद् सचिवालयमा बुझाएको छ ।

माओवादी पार्टीबाट निर्वाचित भएका प्रतिनिधिसभाका चार सांसद लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले पार्टी परिवर्तन गरेकाले सांसद पदबाट हटाउन भनेर अध्यक्ष तथा दलका नेता पुष्पकलम दाहालले लेखेको पत्र संसद् सचिवालयमा माओवादीका प्रमुख सचेतक देव गुरुङले बुझाएका हुन् ।

भट्ट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री छन् । त्यस्तै रायमाझी उर्जामन्त्री हुन् भने शाह सहरी विकास मन्त्रालयको जिम्मेवारीमा छन् । चौधरी श्रममन्त्री हुन् ।

चारैजना सांसद अहिले मन्त्री छन् । उनीहरू नेकपा एमाले पार्टीको केन्द्रीय सदस्यमा पनि मनोनित भएका छन् । संसद् अधिवेशन चालु रहेको बेला सांसदबाट हटाइएको सूचना प्रतिनिधिसभा बैठकमा सभामुखले जानकारी दिनुपर्ने कानुनी व्यवस्था छ ।

राष्ट्रिय सभामा माओवादीबाट निर्वाचित रामबहादुर थापालाई पनि हटाउने माओवादीले निर्णय गरेको छ । त्यसको जानकारी केही दिनमा मात्रै संसद् सचिवालयलाई दिइने माओवादी नेताहरूले बताएका छन् ।

 
 
 
 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार