काठमाडौं, चैत । नेकपा (एमाले) वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले वागमती प्रदेशमा समानान्तर कमिटी बनाएको छ ।
कमिटीको संयोजकमा अष्टलक्ष्मी शाक्य चयन भएकी छन् सह संयोजकमा केदार न्यौपाने, पशुपति चौलागाईं चयन भएका छन् ।
त्यस्तै, सचिवमा रचना खड्का चयन भएकी छन् । खनाल–नेपाल समूहले वागमती प्रदेश अन्तर्गतका १३ जिल्लामा समानान्तर कमिटी पनि बनाएको छ