फुङ्लिङ, चैत । नेकपा (एमाले)का युवानेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक हप्ताभित्र संसद्मा विश्वासको मत लिने जानकारी दिएका छन।
फुङ्लिङमा आज आयोजित राष्ट्रिय युवा सङ्घ नेपालको जिल्ला कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधनमन्त्रीकै पहलमा गौरवको आयोजना तमोर कोरीडोरले गति लिँदै गएको नेता बस्नेतले बताए ।
उनले कम्युनिष्ट आन्दोलन भित्रका विकृति र विसङ्गतिहरूको अन्त्यका लागि सरकार र पार्टीविरुद्ध लाग्ने नेताहरूलाई कारबाही गर्ने, स्पष्टीकरण सोध्ने र सच्चिएर पार्टीमा फर्कने अवसर प्रदान गर्ने एमाले केन्द्रीय कमिटीको निर्णय अनुसार नै पार्टी अध्यक्षले कदम चालेको बताए ।