२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना

प्रधानमन्त्री ओलीले भने : 'तीन वर्षपछि याङ्ग्री र लार्केको पानी काठमाडौंमा आउँछ'

'पूर्वाधार विकासमा सरकारले चौतर्फीरुपमा प्रगती गरेकाे छ'

शुक्रवार , चैत्र २०, २०७७

काठमाडौं, चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना औपचारिक रुपमा काठमाडौं उपत्यकामा भित्रिएसँगै देशमा नयाँ सफलता प्राप्त भएको बताएका छन ।

उनले आगामी तीन वर्षपछि याङ्ग्री र लार्केको पानी काठमाडौ आउने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले आगामी वि.सं. २०८१ साल सम्ममा दुई नदीको पानी काठमाडौ आउने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले मन्त्रालयलाई यसै अनुसार काम अगाडि बढाउन निर्देशन समेत दिए ।

राजधानीमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भृकुटीमण्डपस्थित नयाँ निर्माण गरिएको ३ ढुंगेधारासहितको स्मारकमा मेलम्चीको पानी औपचारिकरुपमा उद्घाटन गर्ने कार्यक्रममा प्रधानमन्त्री ओलीले वर्तमान सरकारले पूर्वाधार विकासमा भएका प्रयासका सन्दर्भममा पनि आफ्नो धारणा राखेका छन ।

उनले पूर्वाधार विकासमा सरकारले चौतर्फीरुपमा प्रगती गरेको बताए । प्रधानमन्त्री ओलीले विकास निर्माणका कामहरु एक–अर्काेसँग नबाँझिने गरि विभिन्न मन्त्रालय र अन्तर–मन्त्रालयसँग प्रभावकारी रुपमा समन्वय गर्दै विकास निर्माणको काम अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री औलीले आगामी नयाँ वर्षमा पुननिर्मित धरहरा पनि उद्घाटन हुने बताउ । यससँगै प्रधानमन्त्रीले सरकारलाई काम गर्न नदिएकै कारण देशमा विभिन्न अन्यौलता उत्पन्न भएको अवस्थामा सरकारलाई फेरि पनि काम गर्न नदिन विभिन्न बाधाहरु उत्पन्न भएको बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार