२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

मन्त्रिपरिषद बैठक निर्णय : 'मन्त्रालयगत विषयमा छलफल तथा नियुक्त'

शुक्रवार , चैत्र २०, २०७७

काठमाडौं, चैत । आज शुक्रबार, बिहान बसेको मन्त्रिपरिषद बैठकले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीका अनुसार बैठकले राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेललाई नियुक्त गरेको छ ।

सोही अनुसार समितिको सदस्यमा बाबुकृष्ण कार्की, शशी शर्मा, भेषराज आचार्य, डा. सुस्मिता ढकाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

चुरे क्षेत्रमा व्यापक दोहन भएपछि त्यसको संरक्षणका लागि सरकारले समिति गठन गरेको हो । मन्त्रिपरिषद बैठकले मन्त्रालयगत विषयमा छलफल गर्दै महत्वपूर्ण निर्णय गरेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार