२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा माओवादी केन्द्र

स्थायी कमिटी बैठक बस्दै : "सरकारलाई दिएको समर्थन फिर्ताकाे संभावना ! "

माओवादी केन्द्रले विश्‍वासको मत फिर्ता लिनसाथ सरकार अल्पमतमा पर्ने

बिहिवार , चैत्र १९, २०७७

काठमाडौं , चैत ।  नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दैछ। बिहीबार बिहान बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने स्थायी कमिटीका एक नेताले बताए।

‘स्थायी कमिटी बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ’ उनले भने,‘बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिने विषयमा छलफल केन्द्रित रहनेछ।’

ओलीले प्रतिगमन गरेको भन्दै विरोधमा उत्रिए पनि हालसम्म सरकारलाई माओवादी केन्द्रले दिएको समर्थन फिर्ता गर्न सकेको छैन। माओवादी केन्द्रले विश्‍वासको मत फिर्ता लिनसाथ उनी अल्पमतमा पर्नेछन्।

समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। नेकपा विवादबारे फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालत पुनरावलोकनका लागि निवेदन दिइसकेका छन्।

मंगलबार प्रचण्डले कांग्रेस सभापति देउवासँग राजनीतिक घटनाक्रम, संसद अधिवेशन, वैकल्पिक सरकार निर्माणलगायतका विषयमा छलफल गरेका थिए। भेटमा देउवाले माओवादी केन्द्र र जनता समाजवादी पार्टीले स्पष्ट निर्णय गरेपछि मात्र कांग्रेसले अग्रसरता लिनसक्‍ने बताएका थिए।

नेकपा एमाले र जनता समाजवादी पार्टी(जसपा)बीच सत्ता समीकरणको सम्भावना प्रबल देखिएको छ। सरकारले जसपाका माग सम्बोधन गर्न थारू कल्याणकारी सभासँग वार्ता थालेको छ। जसपाको महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीप्रति सकारात्मक देखिएको छ।

जसपाका अध्यक्ष ठाकुरले आफ्ना माग सम्बोधन गर्ने विषयमा सरकारले चालेका कदमप्रति तुलनात्मक रूपमा विश्वस्त रहेको बताउँदै आएका छन्। प्रतिनिधिसभामा एमालेका १२० सांसद छन् भने जसपाका ३२ जना, २७५ सदस्यीय प्रतिनिधिसभामा १३८ जना भए बहुमत पुग्छ।

जसपा र एमाले मिले सरकारलाई सुविधाजनक बहुमत हुन्छ। एमालेको माधवकुमार नेपाल पक्षले फ्लोरक्रस गरे वा जसपाका डा. बाबुराम भट्टराई र उपेन्द्र यादव समूहले असहयोग गरे पनि एमाले र जसपाको गठनबन्धनलाई बहुमत पुग्ने देखिन्छ। २०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता भएपछि निर्वाचन आयोगले नाम जुध्ने गरी ओली र प्रचण्ड नेतृत्वको नेकपालाई आधिकारिकता दिएको थियो।

तत्काल कट्टेलले आयोगमा दिएको निवेदन खारेज भएको थियो। त्यसपछि नेकपा आफ्नो भएको दाबी गर्दै ऋषि कट्टेलले करिब ३ वर्षअघि सर्वोच्चमा रिट दायर गरेका थिए। कट्टेलको पक्षमा फैसला गर्दै सर्वोच्चले फागुन २३ गते नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेको थियो। यो फैसलापछि नेकपा विभाजनले नयाँ मोड लिएको छ।

सर्वोच्च अदालतले नेकपामा आवद्ध एमाले र माओवादी केन्द्रलाई पहिल्यैको अवस्थामा फर्काइदिएपछि दुवैपक्ष आ-आफ्नो कित्तामा फर्किएका छन्। यता माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’माधव नेपाल समूहमा गएका एमालेका नेताहरु र ओली पक्षबीच असमझदारी बढ्दै गएको छ।

माधव-झलनाथ खनाल पक्ष र पार्टी अध्यक्ष ओली दुई समूहमा देखिएका छन्। सोमबार दिउँसो काठमाडौँस्थित कोटेश्वरमा एक व्यापारीको घरमा प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच पुनरावलोकनमा जाने विषयमा समेत छलफल भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार