२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रतिनिधिसभा : 'अर्को बैठक २३ गते दिउँसो १ बजे बस्ने '

बुधवार , चैत्र १८, २०७७

काठमाडौं, चैत । प्रतिनिधिसभाको बुधबारको बैठक सम्पन्न भएको छ । संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले नेपाली काँग्रेसका दुई सांसदप्रति शोक प्रस्ताव पारित गर्दै अर्को बैठक २३ गते सोमबार बस्नेगरी बैठक सम्पन्न भएको हो ।

बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन प्रस्तुत भएको छ । सरकारको तर्फबाट भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले सो प्रतिवेदन बुधबार बसेको संसद बैठकमा प्रस्तुत गरेकी छन ।

त्यस्तै, विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले समितिको वार्षिक प्रतिवेदन २०७७ पेश गरेकी छन । त्यस्तै सभापति खड्काले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७७ बैठकमा पेश गरे।

शोक प्रस्ताव पारित बैठकले नेपाली काँग्रेसका सांसद नविन्दराज जोशी र लक्ष्मीदेवी भण्डारीप्रतिको शोक प्रस्ताव पारित गरेको छ । बैठकले सांसदप्रति मौनधारण गर्दै प्रस्ताव पारित गरेको हो ।

प्रतिनिधिसभाको अर्को बैठक २३ गते सोमबार दिउँसो १ बजे बस्ने सभामुख अग्नlप्रसाद सापकोटाले जानकारी गराए । सांसद जोशीको चैत १३ गते उपचारको क्रममा ५९ वर्षको उमेरमा निधन भएको थियो भने भण्डारीको चैत १६ गते ६८ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार