काठमाडौं, चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले वरिष्ठ नेता माधवकुमार नेपाल तथा नेता भीमबहादुर रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ ।
बालुवाटार स्रोतका अनुसार पार्टी हितविपरित गतिविधि जारी राखेकाले दुई नेतालाई निलम्बन गर्ने निर्णय गरेको हो । बालुवाटार स्रोतले दिएको जानकारी अनुसार नेताहरु घनश्याम भुषाल तथा सुरेन्द्र पाण्डेलाई पुनः स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
यसअघि उहाँहरुलाई सोधिएको स्पष्टीकरणको जवाफ प्राप्त नभएकाले अविलम्ब स्पष्टीकरणको जवाफ दिन भनिएको हो ।
पार्टीले गुटगत भेला तथा बैठक नगर्न चेतावनी स्वरुपको उर्दी गरेपनि खनाल–नेपाल पक्षका नेताले गुटगत भेला, बैठक र समानान्तर कमिटी गठन गर्न नछाडेपछि कारवाहीको विकल्प नभएको बालुवाटार स्रोतले बताएको छ ।