काठमाडौँ, चैत । नेपाली काँंग्रेसले आगामी भदौमा हुने १४औँ महाधिवेशनका क्रियाशील सदस्यताको विवरण अत्याधुनिक प्रविधिको प्रयोग गरेर तयार पारिरहेको छ । ६९ जिल्लामा ३२१ कम्युुटर अपरेटरबाट विवरण अद्यावधिक गर्न कार्य भइरहेको छ ।
सातवटै प्रदेश, ७७ जिल्ला, ७५३ स्थानीय तह र हाल कायम छ हजार ६४३ वडामा नै क्रियाशील सदस्यताको वितरण तयार गरिने छ । यसले जातीय, लिङ्गीय हरेक हिसाबले अभिलेख तयार गरिनेछ । तयार पारिएको विवरणबाट एक मिनेटमा कुनै जिल्लाको कुनै वडामा के–कति काँग्रेसका क्रियाशील सदस्य छन् भन्ने हेर्न सकिनेछ ।
पार्टीका उपसभापति विमलेन्द्र निधिले काँग्रेसले क्रियाशील सदस्यताको विवरण आधुुनिक प्रविधिको प्रयोग गरेर अद्यावधि गरिरहेको सञ्चारकमीर्लाइ बताएका छन ।
संविधान सभाबाट संविधान जारी भएपछि नयाँ संविधान र राजनीतिक दलसम्बन्धी ऐनले तोके अनुसारको समावेशी अवधारणाअनुसार पार्टीको विधान तयार गरेको जानकारी पनि उनले दिए।
देशका ६९ जिल्लामा क्रियाशील सदस्यताको विवरण अद्यावधिक गर्न ३२१ जना व्यक्ति एकै पटक काम गरिरहेका छन् । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले यसरी आधुुनिक प्रविधिको प्रयोग गरेर अभिलेख राख्ने काँग्रेस पहिलो दल भएको दाबी गरे ।
इन्टरनेट प्रविधिमा आधारित आधुनिक प्रणालीमा सबै क्रियाशील सदस्यको विवरण राखेपछि ९० वर्षभन्दा माथिका कति पुरुष वा कति महिला छन् भन्ने तथ्याङ्क निकाल्न सजिलै सकिनेछ । महिला, जनजाति, आदिवासी, युवा कति छन् भनेर सजिलै थाहा पाउन सकिने छ ।
मुख्य सचिव पौडेलका अनुसार १३औंँ महाधिवेशनसम्म सबै जिल्लाबाट क्रियाशील सदस्यताको फाराम नै आउने गर्दथ्यो । सो महाधिवेशनमा ५० जना व्यक्तिलाई क्रियाशील सदस्यको विवरण कम्युुटरकृत गर्न चार महिना लागेको थियो । तर अहिले जिल्ला वा निर्वाचन क्षेत्रबाटै अद्यावधिक गर्ने कार्य भइरहेको छ ।
केन्द्रीय कार्यसमितिले निर्णय गरेपछि सबै क्रियाशील सदस्यको विवरण वेबसाइटमा राखिने छ, त्यसरी पार्टीका सदस्य वेबसाइटमा राख्ने काँग्रेस पहिलो पार्टी हुने दाबी पौडेलको छ । केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको सात सदस्यीय क्रियाशील सदस्यता छानबिन समिति गठन भएको छ ।