काठमाडौं , चैत । प्रधानमन्त्री केपी ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।
आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
‘अस्तिनैदेखि भेट्ने कुराकानी भएको थियो, आज भेटवार्ता भएको छ’, थापाले भने, ‘संसद सञ्चालन र संसदको बिजनेशको विषयमा कुराकानी भएको छ ।’