२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

प्रदेश २

मुख्यमन्त्री राउतले भने : ‘कर्मचारी हितका सवालमा सरकार प्रतिवद्ध’ 

शनिवार , चैत्र १४, २०७७


जनकपुरधाम, चैत  । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सरकार प्रदेशभित्रका कर्मचारीको हकहितका सवालमा प्रतिवद्ध रहेको बताएका छन ।  प्रदेश २ को राजधानी जनकपुरधाममा शनिबार मधेशी निजामति कर्मचारी मञ्चले आयोजना गरेको राष्ट्रिय भेला एवं संघीय निजामित कर्मचारी ऐनसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गदै मुख्यमन्त्री राउतले सो कुरा बताएका हुन । 
उनले कर्मचारीको हक हितका लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे । उनले प्रदेश सरकारले ल्याएको निजामति कर्मचारी ऐन संघीय ऐनभन्दा अग्रगामी रहेको दावी गर्दै भने, ऐनमा कुनै कुरा छुटन गएको भए कर्मचारीहरुकै  सल्लाहमा थप घट गरिने छ ।  
संघीय सरकारले समयमा ऐन कानूनहरु नल्याएका कारण प्रदेश सरकारलाई काम गर्न कठिनाई भईरहेको अवगत गराउँदै मुख्यमन्त्री राउतले विभिन्न खालका कानुनी  जटिलताका बाबजुद पनि प्रदेश नं. २ लाई प्रदेश सरकारले अग्रगामी दिसामा अगाडी बढाउन प्रतिबद्ध रहेको उल्लेख गरे । 
कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले कर्मचारी विना कुनै पनि काम सम्भव नभएको भन्दै प्रदेशको विकास र समृद्धिमा आफ्नो तर्फवाट भूमिका निर्वाह गर्न कर्मचारीलाई आग्रह गरे । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार