२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

जोशीको निधन : 'तीन दिनसम्म केन्द्रीय र जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने '

शनिवार , चैत्र १४, २०७७

काठमाडौं, चैत  । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा तीन दिनसम्म कांग्रेस केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय भएको छ ।

शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले उक्त तीन दिनसम्म शोकका कार्यक्रमबाहेक पार्टीका अरु औपचारिक कार्यक्रम नगर्ने निर्णय भएको छ ।

मुख्य सचिब कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा २०७७ चैत्र १७ गते मंगलबारका दिन केन्द्र तथा सबै जिल्ला कार्यालय बन्द गर्ने, १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय भएको उल्लेख छ ।

त्यस्तै १३ औं दिनमा केन्द्र र सबै जिल्लामा भौतिक दुरी कायम गर्दै शोक सभाको आयोजना गर्ने पनि निर्णय भएको छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा चार दशकभन्दा लामो समय अनवरत संघर्षरत अथक योद्धा जोशीको निधनबाट नेपाली कांग्रेस मर्माहत र स्तब्ध भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

जोशीको काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार राति ८ः२४ बजे निधन भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार