२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा संसदीय दल बैठक

वरिष्ठ नेता खनालले भने : ' एक्लौटी निर्णय फिर्ता नलिए पार्टी एक ढिक्का हुन सक्दैन'

शुक्रवार , चैत्र १३, २०७७

काठमाडौं, चैत । अाज बसेकाे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको एक्लौटी निर्णय फिर्ता नलिए पार्टी एक ढिक्कासहित परिचालित हुन नसक्ने वरिष्ठ नेता झलनाथ खनालले बताएका छन् ।

दलका नेता एवम् प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको बैठकमा सहभागी नेता खनालले २ जेठ २०७५ को अगाडिकै अवस्थामा एमाले सञ्चालन हुनुपर्ने बताए ।

‘यो भन्दा अगाडि गरिएका निर्णयहरु फिर्ता लिएर जेठ २ गते पुग्ने अवस्था सिर्जना नगरिए पार्टी एकढिक्का सहित परिचालित हुन सक्दैन’, खनालको भनाइ थियो ।

खनालले आफ्नो कुरा राखेर बैठकबाट बाहिरिएका छन् । बरिष्ठ नेता खनाल र नेपाल समूहका अन्य सांसद भने बैठकमै छन् । २३ फागुनको सर्वोच्च अदालतको फैसला पछि पहिलो पटक यो समूह ओलीले बोलाएको बैठकमा सहभागी भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार