२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

गृहमन्त्री थापाकाे रेशम चौधरीलाइ पत्र : "सरकारसँग वार्तामा बाेलाए "

शुक्रवार , चैत्र १३, २०७७

काठमाडाैं, चैत । गृहमन्त्री रामबहादुर थापा बादलले रेशम चौधरी समर्थक तथा संघर्ष समितीलाई वार्ताका लागि लिखित पत्र पठाएका छन । 

चैत ८ गतेदेखि रेशम चौधरी समर्थकले राजधानीको माईतीघर मण्डालामा धर्ना दिदै आएकोमा शुक्रबार गृहमन्त्री बादलले सरकारसँग वार्ताको आव्हान गर्दै पत्र पठाउनुभएको थरुवट थारुवान संयुक्त संघर्ष समितीका संयोजक रुक्मिणी चौधरीले जानकारी दिएकी छन ।

चौधरीले धर्ना चैत १३ गते शुक्रबारबाटै स्थगन गरिएको पनि बताएका छन ।  गृहमन्त्रीको लिखित पत्र प्राप्त भएसँगै संघर्ष समितीले सरकारसँग वार्ताको लागि आवश्यक वातावरण मिलाउने समेत संयोजक चौधरीले बताइन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार