२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेपाली काग्रेस

वरिष्ठ नेता पौडेलले भने : " लोकतन्त्र रक्षाका लागि कांग्रेस चुप लागेर बस्दैन "

ओलीको विकल्प तयार भइनसकेकाले नयाँ सरकार बन्न ढिलाई

शुक्रवार , चैत्र १३, २०७७

विराटनगर, चैत ।  लोकतन्त्रको रक्षाका लागि आफ्नो पार्टी उदासिन बनेर तटस्थ बस्न नसक्ने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले  बताएका छन् ।

स्वर्गीय नेता अशोक कोइरालाको श्रद्धाञ्जली सभामा सहभागी हुन शुक्रबार विराटनगर आएका पौडेलले पत्रकारसँग कुरा गर्दै विकल्प फेला परे कांग्रेस सरकारमा जान सक्ने बताए । 

उनले भने, लोकतन्त्र रक्षाको लागि उदासिन बनेर तटस्थ बस्न नसक्ने बताएका हुन् । नेता पौडेलले प्रतिगमनकारी प्रधानमन्त्री केपी ओलीको विकल्प तयार भइनसकेकोले नयाँ सरकार बन्न ढिलाई भएको प्रस्ट पारे ।

कांग्रेसलाई सत्ताभन्दा पनि केपी ओलीको विकल्प चाहिएको छ भन्दै नेता पौडेलले भने , ‘कांग्रेस नेमकिपा जस्तो सत्ता छुनै हुँदैन भन्ने पार्टी हैन छलफल चलिरहेको छ विकल्प भेटिना साथ सरकारमा जान्छ ।’

प्रधानमन्त्री केपी ओलीको कारण देशको संविधान मात्र नभएर सिंगो लोकतान्त्रिक व्यवस्थामा खतरा पैदा भएको बताए । उनले अदालतले सही फैसला गरेर देश जोगाएको दाबी गरे ।

भने , ‘अदालतले सही फैसला नगरेको भए लोकतान्त्रिक व्यवस्था नै छिन्नभिन्न हुने थियो ।’ नेपाली कांग्रेसको धर्म सत्ताको विपक्षमा विकल्प दिनु र लोकतान्त्रिक प्रणालीको रक्षा गर्नु रहेकोले कांग्रेस त्यसमा प्रतिबद्ध भएर लागिपर्ने वरिष्ठ नेता पौडेलले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार