२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा एमालेभित्रको विवाद

खनाल–नेपाल : केन्द्रीय समिति, ओली : संसदीय दल : ' बेग्ला बेग्लै बैठक बस्दै "

बैठक : 'खनाल र नेपाल समूह ११: 00 बजे, ओलीकाे संसदीय दल दिउँसो ३:00 बजे '

शुक्रवार , चैत्र १३, २०७७

 काठमाडौं, चैत  ।  देशमा कथीत रास्टबादी र िबकासबादी भनेर भुक्दा  नथाक्ने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)  यतीखेर  दुई समूह आज छुट्टाछुट्टै बैठक बस्दैछन् ।

झलनाथ खनाल र माधवकुमार नेपाल समूहको केन्द्रीय समितिको बैठक बिहान ११ बजे कलंकीस्थित मेघा पार्टी प्यालेसमा बस्दै छ । उक्त समूहको आजको बैठकले पार्टी विधान अनुसार पार्टीका बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओलीलाई अनुरोध गर्ने निर्णय गर्ने स्रोतले बताएको छ ।

बैठकमा समसामयिक विषयमा छलफल हुने जानकारी दिइएकाे छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले गएको फागुन २८ गते एकलौटी रुपमा निर्णय गरेको थिए ।

सोही निर्णय खारेज गर्नुपर्ने खनाल–नेपाल समूहको माग छ । तर, ओली उक्त निर्णय खारेज गर्ने पक्षमा छैनन् । उता, अध्यक्ष ओलीले आजै संसदीय दलको बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने बैठकमा चालु अधिवेशन कसरी प्रभावकारी बनाउने, सांसदहरुको विकास बजेट खर्चलगायत विषयमा छलफल हुने बताइएको छ । 

ओलीले बोलाएको बैठकमा आफूहरू सहभागी नहुने खनाल–नेपाल समूहले बताएको छ । एमालेभित्रको विवाद उत्कर्षमा पुग्दा ओलीले संसदीय दलको बैठक बोलाइरहेका छन् ।

ओलीले दलको विधान संशोधन गरेर अधिकारको केन्द्रीकरण गरिसकेका छन् । पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहमा लागेका समानुपातिक सांसदलाई कारबाहीको प्रक्रिया अघि बढाउन दलको बैठक आह्वान भएको उनीपक्षीय नेताहरू जिकिर गर्छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार