२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेपाली कांग्रेस : ' पदाधिकारी बैठक सुरु'

सोमवार , चैत्र ९, २०७७

काठमाडौं, चैत  ।   प्रमुख प्रतिपक्षी दल कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक सुरु भएको छ ।

पार्टी कार्यालय सानेपामा सुरु बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्ण सिटौलालगायतका नेता सहभागी छन् ।

पार्टीको १४औँ महाधिवेशनको सन्दर्भमा छलफल हुने नेताहरूले बताएका छन् । समसामयिक राजनीतिक घटनाक्रमबारे पनि बैठकमा छलफल हुने भएको छ ।

राष्ट्रिय राजनीति र महाधिवेशनबारे ठोस पहल नभएको भन्दै पौडेल पक्षले असन्तुष्टि जनाइरहेको वेला सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार