२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेपाली कांग्रेस 

पदाधिकारी बैठक आज बस्दै : "सरकारको बिकल्पबारे छलफल हुने"

सोमवार , चैत्र ९, २०७७

 

काठमाडौं, चैत  । नेपाली कांग्रेसले आज पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बोलाएको छ ।  सो बैठकले क्रियाशील सदस्यता छानविन सAमितिका सदस्यहरुसँँग छलफल गर्न  आज दिउँसो बैठक बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन ।

पूर्व निर्धारित कार्यतालिका अनुसार चैत १० गचेभित्र एक निर्वाचन क्षेत्र भएका जिल्लाले नयाँ क्रियाशील र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाले नवकरणको सूची केन्द्रमा पठाइसक्नुपर्ने छ ।

त्यससँगै आजको बैठकमा सरकार गठनमा देखिएको अलमल र देशमा उत्पन्न समसामयिक परिस्थितिबारे समेत छलफल  गरिने बताइएको छ ।  
यसैबीच, हिजो आइतबार बरिष्ठ नेता रामचन्द्र पौडेलको  निबासमा बैठक बसी  सभापति देउवालाई सरकार गठको पहल गर्न दवाव दिने निर्णय गरेको र त्यसमा  छलफल हुने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार