२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

राष्ट्रपति भण्डारी आज बङ्गलादेश प्रस्थान : "चारवटा समझदारी पत्रमा हस्ताक्षर हुने"

सोमवार , चैत्र ९, २०७७

काठमाडौँ, चैत । राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेश आज जाँदै हुनुहुन्छ । उहाँ राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजमार्फत यही चैत आज त्यहाँको राजकीय भ्रमण गर्दै हुनुहुन्छ ।

निगमको कलसाइन ९ एकेएक्स उडान नं आर ए ००१ जहाजमार्फत राष्ट्रपति सार्क मुलुक बङ्गलादेश प्रस्थान गर्ने उडान तालिका रहेको प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिनुभयो । काठमाडौँ बङ्गलादेश उडान अनुमानित एक घण्टा १० मिनेटको हुनेछ ।

भण्डारी चैत १० गते बङ्गलादेशी समयानुसार अपराह्न ३ः४५ बजे काठमाडौँ फर्कने उडान तालिका छ । चार्टर्ड उडानको जहाजमा ‘रिफ्युलिङ एण्ड स्याम्पल टेष्टिङ’ उडान हुने दिन सोमबार बिहान ६ः३० बजे सकिने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले राष्ट्रपतिको राजकीय भ्रमणमा राष्ट्रिय ध्वजावाहकको प्रयोग भएकामा निगम गौरवान्वित भएको बताउनुभयो । यसअघि पनि राष्ट्रप्रमुख तथा सरकारप्रमुखले राजकीय भ्रमणका सन्दर्भमा निगमको जहाज प्रयोग गर्दै आउनुभएको छ ।

बंगलादेशको राजकीय भ्रमणका क्रममा दुई देशबीच विभिन्न समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ । भ्रमणको क्रममा कम्तीमा चारवटा समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ । नेपाल र बंगलादेशको बीचमा रहेको पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौता हस्ताक्षर हुने भएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।

सो सम्झौता अनुसार बंगलादेश रोहनपुर–सिंगावाद रेलवे रुट नेपाललाई पारवहन प्रयोजनको लागि प्रयोग गर्न दिन सहमत भएको छ । बंगलादेशले नेपाललाई लामो समयदेखि पारवहन सुविधा प्रदान गर्दै आएको छ ।

त्यस्तै नेपाल र बंगलादेशबीचमा स्यानिटरी र साइटो स्यानेटरीसम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर हुने भएको छ । यससम्बन्धी सम्झौताका लागि मन्त्रिपरिषदको वैठकले उद्योग, वाणिज्य र आपूर्ती मन्त्रालयका सचिवलाई अख्तियारी दिएको छ ।

राष्ट्रपतिकै भ्रमणका क्रममा नेपाल र बंगलादेशबीच पर्यटन प्रवर्द्धनसम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर हुने कार्यक्रम छ । नेपाल र बंगलादेशबीच पर्यटनको प्रचुर सम्भावना भएपनि अहिलेसम्म खासै उपलब्धी हुन सकेको छैन । अब सम्झौतापछि दुई देशबीच पर्यटन प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम गरिने छ ।

नेपाल सरकार र बंगलादेश सरकारबीच सांस्कृतिक कार्यक्रम आदान प्रदान कार्यक्रम सम्बन्धी सहमति पत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतको भनाइ छ ।

यी सम्झौताबाहेक नेपाल र बंगलादेशबीचमा हुने उर्जा सहकार्यको विषय, व्यापार प्रवर्द्धनलगायतका विषयमा छलफल परराष्ट्र मन्त्रालयको भनाइ छ ।

 
 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार