२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

माओवादी अध्यक्ष प्रचण्डले भने : ' ओली संविधान मास्ने पात्र '

आइतवार , चैत्र ८, २०७७

काठमाडौं, चैत  ।  सरकारकाे नेतृत्व गरीरहेका प्रधानमन्त्री केपी शर्मा ओली संविधान मास्ने पात्रको रुपमा  अगाडि आएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, अहिलेको व्यवस्था मन नपाउनेहरुले संविधान, संघीयता र समानुपातिक समावेशिता मास्ने पात्रको रुपमा केपी शर्मा ओलीलाई अगाडि सारेको बताएका हुन् ।

‘…देशभित्रका संविधान विरोधी, गणतन्त्रविरोधी, देशबाहिरका प्रतिक्रियावादी जसले यो संविधान स्वीकार्न सेकेका छैनन् । ती सबै मिलेर एउटा धार बनेको छ ।

ती सबैले नेपालमा यो संविधान निस्तेज पार्न सक्ने मान्छे खोज्दै जाँदा केपी ओली भेटेका छन्’ प्रचण्डले भने । उनले अघि भने ‘…संविधान सिध्याउन सक्ने, गणतन्त्र सिध्याउन सक्ने, उत्पीडित वर्ग, क्षेत्र, लिंग, समुदायको हक अधिकार सिध्याउन सक्ने, पहाडिया उच्च जातीय अहंकारवादको प्रतिनिधि, विदेशीका अगाडि राम्रै लम्पसार पर्न सक्ने, बीसौं पच्चीसौं वर्षदेखि विदेशीले हुर्काएका पनि को हो भनेर हेर्दै जाँदा सबैले केपी ओली नै देखियो भनेका छन् ।’

प्रचण्डले आफूलाई भने संविधानको रक्षा गर्ने, समानुपातिक समावेशी व्यवस्था जोगाउने धारको रुपमा व्याख्या गरे । गणतन्त्र, संघीयता समावेशिताको विरोधीहरु अहिले पनि यो संविधानलाई निचोर्ने र च्यात्ने उद्देश्यमा रहेको उनले बताए । ‘उनीहरुलाई के लागेको छ भने समय लिँदै जाँदा दलितहरु पनि थाकिसके, सशक्त रुपमा सडकमा आउने स्थिति छैन, आदिवासीहरु पनि थाकिसके सडकमा आउने अवस्था छैन’ प्रचण्डले भने ।

प्रचण्डले आफूले तत्कालिन राजनीतिक परिस्थितिमा प्राप्त हुन सक्ने उपलब्धी लिएर थप उपलब्धी लिनका लागि संघर्ष गरिरहेको जिकिर गरे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार