२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा केन्द्रीय कमिटी बैठक निर्णय

पाँच नेतालाई स्पष्टीकरण सोध्ने : "कारण, पार्टी तथा सरकारलाई बदनाम गरे "

संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदको बन्द सूचीकाे नाम हटाउने, राख्ने या हेरफेर गर्ने अधिकार अध्यक्ष ओलीलाई

शनिवार , चैत्र ७, २०७७

काठमाडौं, चैत । नेकपा (एमाले) ले पार्टी हितविपरित काम गरेको भन्दै पाँचजना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार दिउँसो बसेको केन्द्रीय कमिटी बैठकले सो निर्णय गरेको हो ।

केन्द्रीय सदस्य महेश बस्नेतले सञ्चारकमीर्लाइ भने,   बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरु भीमबहादुर रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

पार्टीलाई खुइलाउने काम गरेको, गुटगत भेला गरेको र सरकारलाई बदनाम गर्ने काम गरेकाले स्पष्टीकरण सोध्ने निर्णय भएको नेता बस्नेतले बताए ।

सोही अनुसार बैठकले संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदको बन्द सूचीमा रहेको नाम हटाउने, राख्ने या हेरफेर गर्ने अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन गर्ने निर्णय गरेको छ ।

नेता बस्नेतका अनुसार बैठकले पार्टी अध्यक्षलाई पार्टी नेता, कार्यकर्ताको मनोनयन, कारवाही गर्ने अधिकार पनि प्रत्यायोजन गरेको छ । बैठकले पार्टी अध्यक्षलाई थप शक्तिशाली बनाएको छ ।

नेता बस्नेतका अनुसार, अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको तर्फबाट गरिने सबै काम अध्यक्षलाई अख्तियारी गर्ने निर्णय गरेको छ । सोही अनुसार केन्द्रीय कमिटी बैठकले संसदीय दलको विधान संशोधनसहित अनुमोदन गरेको छ ।

विहान बसेको संसदीय दलको बैठकमा सहभागी हुनुभएका नेता बामदेव गौतम केन्द्रीय कमिटी बैठकमा सहभागी नहुनुभएको नेता बस्नेतले बताए । स्वास्थ्य अवस्थाका कारण उहाँ बैठकमा सहभागी नहुनुभएको नेता बस्नेतले जानकारी  गराएका छन  ।

केन्द्रीय कमिटी बैठक जारी छ । बैठकले विभिन्न दश बुँदे निर्णय सार्वजनिक गर्ने तयारी गरिरहेको नेता बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार