२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

सभामुख सापकोटाले भने : " प्रतिनिधिसभाले अब लय समाउँछ "

शनिवार , चैत्र ७, २०७७

काठमाडौं, चैत  ।  प्रतिनिधिसभाले बिस्तारै अब लय समात्ने सभामुख अग्निप्रसाद सापकोटाले बताएका छन् ।

जीपी कोइराला मेमोरियल (सामुदायिक) कलेजको आठौं वार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै सभामुख सापकोटाले भने, प्रतिनिधिसभा सञ्चालनमा केही समस्या भएका कारण त्यसलाई लयमा फर्काउन मेहनत गर्नुपछ ।

उनले थपे, संसद छलफल, बहस, वादविवाद र संवाद हुँदै अघि बढ्ने भन्दै उनले चुनौतीहरुको सामना गर्न प्रतिकूलतामा पनि अनुकूलता खोज्ने उपाय खोजिरहेका छाैँ । 

संसदका अनेकौं चुनौतीको सामना गर्दै गुणस्तरीय कानुन निर्माणको लागि प्रयत्न गरिरहेको पनि सभामुख सापकोटाको भनाइ छ । ‘अलिकति समस्या छन् ।

त्यसलाई लयमा फर्काउन  मेहनत गर्नुपर्ने आवश्यकता छ’ उनले भने, ‘तर हिजोबाट तपाईंहरुलाई लाग्यो होला अब त्यसले लय समात्छ । त्यसले गति लिन्छ ।

त्यो जीवन्त र जनमुखी हुने नै छ । हामीले संसदलाई जीवन्त र जनमुखी बनाउने प्रण गरेका छौं ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार