२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेपाल समूहको ज्ञापनपत्र बुझदै ओलीले भने : "‘ गुटगत र समूहमा आएको प्रस्ताव स्वीकारिँदैन "

शनिवार , चैत्र ७, २०७७

काठमाडौं, चैत  । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका तीन सांसद ज्ञापनपत्र लिएर बालुवाटार पुगेका छन् । सोम पाण्डे, जीवनराम श्रेष्ठ र यज्ञराज सुनुवार ज्ञापनपत्र लिएर बालुवाटार पुगेका हुन् ।

तीन सांसदले ल्याएको ज्ञापनपत्र बुझेपछि दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत रुपमा कुरा राख्न आग्रह गरे । ‘कुनै गुटगत र सामूहिक रुपमा आएको प्रस्ताव स्वीकारिँदैन ।

व्यक्तिगत ढंगले आएर आफ्नो कुरा राख्नुहोस्,’ प्रधानमन्त्री ओलीले भने । ओलीले बोलाएको दलको बैठकमा नेपाल समूह अनुपस्थित छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार