२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा एमाले

संसदीय दल र केन्द्रीय कमिटी बैठक बस्दै : "नेपाल समूह नजाने"

‘ बैठकका नाममा आफ्ना गुटका मानिसलाई मात्र खबर,दललाई निजीकरण गर्न खोजेकाे अाराेप

शनिवार , चैत्र ७, २०७७

काठमाडौं, चैत  । नेकपा एमालेको संसदीय दल र केन्द्रीय कमिटीको बैठक आज बाेलाइएकाे छ । संसदीय दलको बैठक आज विहान साढे १० बजे बाेलाइएकाे छ । 

केन्द्रीय कमिटीको बैठक भने मध्याह्न १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । बैठकले संसदीय दलको विधान संशोधन गर्ने तयारी  गरेकाे छ ।

प्रमुख सचेतक विशाल भट्टराईले सञ्चारकमीर्सँग भने,  'दलको विधान २०७२ कै छ, जसमा भएका कतिपय व्यवस्था नयाँ संविधान अनुसार मिलाउनुपर्नेछ ।'

संसदीय दलको विधान संशोधन केन्द्रीय कमिटीबाट पनि अनुमोदन गर्नुपर्ने सचेतक भट्टराईले जानकारी दिए । 

यता बानेश्वरमा बसेको नेपाल समूहको स्थायी कमिटी सदस्यको बैठकले  भने संसदीय  दलको कार्यालय सिंहदरबार वा संसद भवन बानेश्वरको साटो प्रधानमन्त्रीको निजी निवासमा राखेर दललाई निजीकरण गर्न खोजेकाले बहिस्कारको निर्णय गरेको हाे ।

दलको कार्यालय वा संसद भवनमा बैठक राखेर उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरे विचार गर्ने एक नेताले बताए ।  यस्तै २८ फागुनमा ‘विधान उल्लंघन गर्दै भएको निर्णय’ खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठकमा नजाने नेपाल समूहको निर्णय छ ।

‘केन्द्रीय कमिटी बैठकका नाममा आफ्ना गुटका मानिसलाई मात्र खबर गरी फागुन २८ गते अवैध ढंगले भेला गरी विधान उल्लंघन गरिएकाले उक्त कथित बैठक खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने भएकाले भोलिका लागि प्रचारित बैठकमा सहभागी नहुने’ बानेश्वर बैठकको निर्णयमा भनिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार