राजविराज, चैत । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेस सर्वसम्मत स्वतन्त्र रुपमा सरकारको नेतृत्व लिनुपर्ने बताएका छन । नेपाल शिक्षक संघ सप्तरीको २१ र २२ औ प्रतिनिधिसभाको शुक्रबार राजविराजमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन ।
अहिलेको अवस्थामा नेपाली कांग्रेस सरकारको नेतृत्व लिनुभन्दा पनि चुनावबाट जितेर आफ्नो सरकार बनाउनु उचित हुने उनले सुझाव दिए ।
नेपाल शिक्षक संघ सप्तरीका अध्यक्ष शैलेन्द्रप्रसाद मण्डलको अध्यक्षतामा आयोजित सभामा नेपाली कांग्रेसका सहमहामन्त्री डा.महतले भने, ‘कांग्रेस सरकारमा जानुपर्छ, नेतृत्व लिनुपर्छ । तर, सबै हातखुट्टा बाँधेर जानु हुँदैन । यसरी जानुभन्दा चुनावबाट जितेर आफ्नो सरकार बनाउनुपर्छ ।’
सो कार्यक्रममा नेपाली कांग्रेस सप्तरी सभापति दिनेशकुमार यादव, नेता रामदेव साह, नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष मनोजकुमार मण्डल, शिक्षक परशुराम यादव, बीभा झा, शोभा यादव, विश्वनाथ यादवलगायतले सरकारको नेतृत्वभन्दा जनताको इच्छा आंकाक्षा अनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।