२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेपाली काग्रेस

महामन्त्री कोइरालाले भने : "ओलीविरुद्ध १० दिनभित्र अविश्वासकाे प्रस्ताव आउँछ"

'जनता समााजवादी र माओवादीसँग मिलेर कांग्रेस नेतृत्वमा सरकार गठन हुन्छ'

बिहिवार , चैत्र ५, २०७७

मोरङ, चैत । सरकारकाे चाैतफी  अालाेचना भइरहेका बेला कांग्रेसका महामन्त्री शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हप्तादेखि १० दिनभित्र अविश्वास प्रस्ताव ल्याउने बताएका छन् ।

बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले भने, 'प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याएर जनता समााजवादी पार्टी र माओवादी केन्द्रसँग मिलेर कांग्रेसको नेतृत्वमा सरकार गठन हुन्छ ।' 

कोइरालाले थपे, 'कांग्रेस नेतृत्वमा गठित सरकारले मंसिरमा संघीय संसद्को निर्वाचन गराउनु पर्ने हुन्छ ।' उनले संविधान नै धरापमा पार्ने प्रधानमन्त्री ओली नेतृत्वको नेकपा एमालेसँग मिलेर सरकारमा जान नहुने बताए ।

कांग्रेसको महाधिवेशन भदौमा गर्नुको विकल्प नभएको कोइरालाको भनाइ थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार