२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

'प्रचन्ड' काे पछुताे : "आएर रोएपछि मन्त्रीमा पठाएँ, अलि बुद्धि पुर्‍याइँनछु, धोका भयो"

बिहिवार , चैत्र ५, २०७७

काठमाडौं, चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेमै रहेका मन्त्रीहरुप्रति आक्रोश व्यक्त गरेका छन् ।

सिध्दिइसकेका व्यक्तिलाई अघि सार्दा आफूले धोका पाएको उनको टिप्पणी थियो । “केपी ओलीलाई चिन्न गल्ती भयो ।

फटाहा जाली झेली रहेछन्,” दाहालले सिन्धुलीमा आयोजित एक कार्यक्रममा बिहीबार बिहान भने, “केपी ओलीको मनभित्र पस्न सकिएन ।

पार्टीमा पनि फटाहालाई बढी विश्वास भयो । मैले नियतले त होइन तर गर्ने बेलामा अलि बुद्धि पुर्‍याइनँ । सकिइसकेको मान्छेलाई स्थायी समितिमा लगेँ ।

आत्मसमीक्षा गर्नैपर्ने देखेँ । आएर रोएपछि मन्त्रीमा पठाएँ । अहिले महंगो मन्त्रीको रुपमा बिक्री भए । अर्का लालगद्धारलाई लौ गृह मन्त्री खाउ भनेर दिएँ । त्यहाँबाट पनि धोका भयो ।”

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार