२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा एमाले संसदीय दल

ओलीले राखे बैठक आज : " माधव समूहले भन्याे : हामी उपस्थित हुन भ्याउँदैनाै "

एमालेलाई संगठन र विचारका रुपमा २ जेठ २०७५ मा फर्काउन तयार भएपछि मात्र केन्द्रीय कमिटी बैठकमा जाने

बिहिवार , चैत्र ५, २०७७

काठमाडौं, चैत । नेकपा एमालेको नेपाल समूहका सांसदहरु पार्टी अध्यक्ष तथा संसदीय दलको नेता केपी शर्मा ओलीले बिहीबार बोलाएको संसदीय बैठकमा नजाने भएका छन् ।

बुधबार सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलामा व्यस्त भएकाले बैठकमा जान नसक्ने सांसद एवं सचिव योगेश भट्टराईले बताए । आफूहरुको राष्ट्रिय भेलाबारे प्रधानमन्त्री एवं संसदीय दलको सचिवालयलाई जानकारी रहेको भन्दै उनले भने, ‘दलको बैठकमा जान कुनै समस्या छैन ।

तर भेलामा व्यस्त भएकाले भोलिका लागि बोलाइएको बैठकमा उपस्थित हुन सक्दैन भनेका छौं ।’ तर ७ चैतमा बोलाइएको केन्द्रीय कमिटी बैठकमा पनि नजाने नेपाल समूहमा रहेका एमाले सचिव भट्टराईले प्रष्ट पारे ।

सर्वोच्च अदालतको आदेश अनुसार एमालेलाई संगठन र विचारका रुपमा २ जेठ २०७५ मा फर्काउन तयार भएपछि मात्र केन्द्रीय कमिटीको बैठकमा जाने उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार