२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

खनाल - नेपाल समूह भेला

पार्टीमा ओलीको चपेटा व्यहोरेका उनी : "खनाल र नेपालको राजनीति हेरेर फेरि फर्किए"

बुधवार , चैत्र ४, २०७७

काठमाडौँ, चैत । नेकपा एमालेको झलनाथ खनाल - माधव नेपाल समूहको राष्ट्रिय भेलामा पुराना कम्‍युनिस्ट नेता राधाकृष्ण मैनाली पनि उपस्थित भएका छन् । उनी प्रधानमन्त्री अाेलीकाे ज्यादतीकाे चपेटामा परेर कम्‍युनिस्ट राजनीितबाट टाढा बस्दै अाएका   थीए ।   

यस्तैगरी, लितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको भेलामा पुराना कम्‍युनिस्ट नेताहरु मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित, कमल कोइरालासँगै मञ्‍चमा मैनाली पनि उपस्थित भएका छन् ।

राधाकृष्ण मैनाली पुराना कम्युनिस्ट नेता हुन् । २०२८ मा झापा विद्रोहपछि १४ वर्ष जेलजीवन बिताएका मैनाली बहुदल आएसँगै २०४७ मा वाममोर्चाको कार्यवाहक अध्यक्ष बन्ने मौका पाएका थिए ।

एमालेमा रहँदा दुई पटक र एमाले विभाजनपछि मालेबाट एकपटक मन्त्रीसमेत बनेका उनले राजा ज्ञानेन्द्रले गठन गरेको मन्त्रिपरिषदमा पनि मैनालीले शिक्षामन्त्रीको जिम्मेवारी निर्बाह गरिसकेका छन् ।

त्यतिबेला एमालेले कारबाही गरेपछि माओवादीमा प्रवेश गरेका उनी त्यहाँ सम्मानजनक स्थान नपाएको भन्‍दै केही महिनाअघि फेरि एमालेमै फर्किएका थिए ।

मैनालीले एमालेका तीन ठूला नेता अध्यक्ष केपी ओली तथा वरिष्ठ नेता झलनाथ खनाल र नेता माधव नेपालको राजनीतिक जीवनलाई नजिकबाट व्यहोरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार