२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

महामन्त्री खड्काले भने : " कांग्रेस नेतृत्वमा सबै दल सहभागी सरकार बन्नुपर्छ"

मंगलवार , चैत्र ३, २०७७

सुर्खेत, चैत  । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले कांग्रेसको नेतृत्वमा सबै दल सहभागी बृहत संयुक्त सरकार बनाउनुपर्ने बताएका छन् ।

मंगलबार सुर्खेतको गुर्भाकोटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री खड्काले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गरी एक वर्षभित्र नयाँ निर्वाचनमा जानुपर्ने बताए ।

कांग्रेसको नेतृत्वमा सबै दल सहभागी बृहत संयुक्त सरकार, कांग्रेसकै नेतृत्वमा नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी पार्टी सम्मिलित

‘त्यसरी बन्ने सरकारले एक वर्षभित्र नयाँ निर्वाचन गर्छ, र जनतामा छाएको निराशालाई विश्वासमा बदल्छ,’ महमन्त्री खड्काले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार