२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

वरिष्ठ नेता पौडेलले भने : "देश अनिर्णयको बन्दी, जोगाउने जिम्मा कांग्रेसको "

मंगलवार , चैत्र ३, २०७७

पोखरा, चैत ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश अनिर्णयको बन्दी भएको जनाउँदै देश जोगाउने जिम्मा कांग्रेसको काँधमा आएको बताएका छन्।

नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पूर्णप्रसाद-माया शान्ति पत्रकारिता पुरस्कार अर्पण कार्यक्रममा नेता पौडेलले अहिलेको अवस्थामा पार्टी सभापति शेरबहादुर देउवाको मौनता रहस्यमय लागेको जनाउँदै नेपाली राजनीतिमा कांग्रेसको भूमिका ठूलो रहेको बताए।

'संसद्मा हाम्रो सङ्ख्या थोरै होला तर हाम्रो भूमिका महत्वपूर्ण छ, अब ढुलमुलरूपमा बस्नु हुन्न देशलाई निकास दिनुपर्छ', उनले भने। उनले आफू निर्णायक भूमिकामा नभएकाले अहिले सुझावमात्र दिन सक्ने बताए।

वरिष्ठ नेता पौडेलले मुलुकलाई सही ढङ्गले चलाउने सक्ने पार्टी कांग्रेसमात्र रहेको दाबीसमेत गरे। कार्यक्रममा पत्रकारितामा क्रियाशील हिमनिधि लौडारीलाई सम्मान गरिएको थियो।

पूर्णप्रसाद-माया बराल प्रतिष्ठानका अध्यक्ष भोला बरालले धर्म, संस्कार, संस्कृति र शान्तिको क्षेत्रमा कलम चलाउनेलाई पुरस्कार प्रदान गर्ने उद्देश्यले स्थापना गरेको बताए।

कार्यक्रममा कांग्रेसका नेता शुक्रराज शर्मा, गण्डकी प्रदेशसभा सदस्य कुमार खड्का, कास्की सभापति कृष्ण केसी, पूर्वमन्त्री यज्ञबहादुर थापा, युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, जिल्ला अध्यक्ष नवीन सिग्देललगायतले समसामयिक राजनीति र पत्रकारिताको भूमिकाको विषयमा आफ्नो भनाइ राखेका थिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार