२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

संविधानको कार्यान्वयनमा सभामुख

प्रधानमन्त्री ओलीले भने : " सभामुख सेटिङमा चले, संवैधानिक दायित्व पूरा भएन "

'संसदको पहिलो बैठकमा अध्यादेश पेश गर्नुपर्ने संवैधानिक व्यवस्था भएपनि अवरोध गरियाे'

मंगलवार , चैत्र ३, २०७७

काठमाडौं , चैत  । सभामुख अग्निप्रसाद सापकोटा सेटिङमा चलेको र संविधान कार्यान्वयनप्रति उदासिन भएको प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् ।

मंगलबार बालुवाटारमा एमाले केन्द्रीय सदस्यका लागि  आफैंले आयोजना गरेको जलपान कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, संसदको पहिलो बैठकमा अध्यादेश पेश गर्नुपर्ने संवैधानिक व्यवस्था भएपनि अवरोध गरियाे ।

उनले थपे, संसद विघटनको औचित्य पुष्टि हुने अवस्था बनेको भन्दै उनले भने, ‘मुद्दा लडेर फिर्ता ल्याएको संसद पहिलो दिनदेखि आफैं बहिस्कार गर्ने, आफैंले चल्न नदिने स्थिति बन्यो ।’

प्रधानमन्त्री ओलीको आरोप छ, सभामुख सेटिङमा चलेको र संविधान कार्यान्वयनको कर्तव्यबाट चुके । ‘सभामुखले मन्त्रीजी एकछिन पख्नुस् भनेर रोकेपछि एकछिन स्थगित भनेर अर्को दिनलाई सर्‍यो भनेर संवैधानिक दायित्व सरकारले पुरा गर्न पाएन’ । 

उनले अघि भने, ‘संविधानको कार्यान्वयनप्रति सभामुखको जुन प्रतिवद्धता रहनुपर्थ्यो, त्यसभन्दा पर भिन्न प्रकारका सहमति र सेटिङबाट कार्यान्वयन हुन दिइएन ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार