२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

ओलीले गरे प्रचण्डलाई फोन : "भने : भटाैन, प्रचण्डले रुची देखाएनन् "

सोमवार , चैत्र २, २०७७

काठमाडौं, चैत  । सरकार धरापमा परेकाे छ । सरकार धरापमा परेपछी नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले  प्रचन्डलाइ गुहारेका छन, । अाफैले फाेन गरेर भनेका छन, भेटाैन । अाफू माथी परून्जेल पेलेर जाने गरेका अाेली अप्ठयाराे प।ेपछी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटको प्रस्ताव गरेका छन् ।

माधवकुमार नेपाल समूहले छुट्टै राष्ट्रिय भेला बोलाएपछि दबावमा परेका ओलीले आइतबार साँझ प्रचण्डलाई फोन गरेका थिए । उनले प्रचण्डलाई भेट गरौं भनेको उच्च स्रोतको दाबी छ ।

तर प्रचण्डले भेटका लागि रुची नदेखाएका स्रोतले बताएको छ ।

माओवादीका एक स्थायी कमिटी सदस्य भन्छन्, ‘पार्टीको बैठक चलिरहेको छ । बैठक सकेपछि खबर गरौंला भन्नुस् भनेका थियौं । के गर्नु हुन्छ ?’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार