२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

क्रान्तिकारीका महासचिव वैद्यले भने : ' क्रान्तिकारी संसदवादी मूलधारमा छैनन् , वर्तमान व्यवस्था मान्दैनाै '

आइतवार , चैत्र १, २०७७

काठमाडौं, चैत । आइतबार नेकपा(क्रान्तिकारी माओवादी) सम्बद्ध जवस तथा मोर्चाहरुले काठमाडौंको शान्ति बाटिकामा आयोजना गरेको विरोध सभामा बोल्दै महासचिव वैद्यले नेपालमा क्रान्ति पूरा नभएकाले शान्तिको सम्भावना नरहेको बताए ।

क्रान्ति गरेपछि मात्रै शान्ति आउने भन्दै उनले नेपालमा बन्दुक उठ्ने दाबी समेत गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अघि सबै पार्टी संसदवादी मूलधारमा आएको अभिव्यक्ति दिएको प्रति टिप्पणी गर्दै महासचिव वैद्यले क्रान्तिकारी संसदवादी मूलधारमा नभएको र आफूले वर्तमान व्यवस्था नमान्ने पनि बताए ।

उनले भने, ‘प्रधानमन्त्रीजीले दुईवटा कुरा भन्नुभयो । एउटा कुरा के भन्नुभो भने अब सब संसदवादी मूलधारमा आए भन्नुभो । यो झुट हो । सरासर झुट हो । संसदवादी मूलधारमा छैनन् यी क्रान्तिकारीहरु । हामी छैनौँ । यो व्यवस्थालाई मान्दैनौँ ।

त्यसकारण संसदीय मूलधारमा जाने कुरा आउँदैन । क्रान्ति गर्नुपर्छ । पहिलो कुरा त्यो हो । दोस्रो कुरा, अब शान्तिको नयाँ युग सुरु भो भन्नुभयो । यो पनि झुट हो । विप्लवजीहरुले सम्झौता गर्न वित्तिकै शान्तिको युग उहाँहरुले भनेजस्तो सुरु भएको छैन । यहाँका समस्याहरु हुन, जबसम्म समाधान हुँदैन तबसम्म शान्तिको युग सुरु हुँदैन ।

सत्ताधारी वर्गले जनतालाई शोषण, उत्पीडन, दमन गर्ने यी कम्युनिस्ट नामधारीहरु शहीदको रगतको आहालमा डुबेर सत्तामा जाने, अनि शान्ति कसरी हुन्छ ? शान्तिको युग क्रान्ति गरेपछि आउँछ । बन्दुक उठाएपछि के हुन्छ ? बन्दुक उठ्छ ।’

महासचिव वैद्यले मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेसी, लगायतको समस्या समाधान नभएको भन्दै समस्या समाधानको निम्ति क्रान्तिको तयारी गर्नुपर्ने बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार