२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेपाल कम्युनिष्ट पार्टी एमाले

खनाल–नेपाल समूह : "भने: ओलीको निर्णय बिसर्जनबादी, नेकपा एमाले -२, बन्ने"

चैत ४ देखि देशभर अभियान चलाईदै

शनिवार , फाल्गुण २९, २०७७

 

काठमाडौं, फागुन । पद, पावर र पैशाले मात्तिएका नेकपा एमाले नेता ओलीको हैकमवादी चरित्रले सीमा नाघेपछि सोही दलका बरिष्ठ नेता खनाल–नेपाल समूहले पार्टीभित्र समानान्तर कमिटी बनाउने भएका छन ।

यस्तो निर्णय उनीहरुको हिजो. बसेको बैठकले निर्णय गरेको हो । अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारी खारेज गर्ने, आफू इतर खेमाका नेताको जिम्मेवारी खोस्ने जस्ता आफूखुसी एकलौटी निर्णय गरेपछि वरिष्ठ नेता खनाल र नेपाल समूहले आफू निकट स्थायी कमिटी सदस्यको आकस्मिक बैठकपछि यस्तो निर्णय गरे ।

जिल्ला तहबाट समानान्तर कमिटी बनाउन सुरु गरिने खनाल–नेपाल समूहका स्थायी कमिटी सदस्य बेदुराम भुसालले सञ्चारकर्मीलाई बताएका छन । उनले भने, ‘जहाँ हाम्रो नेतृत्व छैन, त्यहाँ नेतृत्व चयन हुनेछ’ । थपे, ‘यो पार्टी पुनर्संरचनाको अभियान हो ।’ ओलीले पार्टीलाई बिसर्जनतिर लगेकाले समानान्तर संरचना तयार पार्न लागेको यो समूहको भनाइ छ ।

यस विषयमा थप छलफल गर्न केन्द्रीय कमिटी र सांसदको बैठक बस्ने भुसालले जानकारी दिए । ‘हाम्रो राष्ट्रिय भेला चैत ४ गते हुनेछ, त्यस दिन पार्टी पुनर्संरचनाको अभियान घोषणा हुनेछ’ भुसालले भने ।

खनाल–नेपाल समूहले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टी फुटाउने उद्देश्य साथ एकलौटी निर्णय गरेको भन्दै त्यसविरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वान गरेको छ ।

बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रक्रिया दिँदै नेता भीम रावलले पार्टीको विधान विपरीत स्वेच्छाचारी र मनपरी किसिमले भएको निर्णय कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने कदम भएको बताए । विधानमा भएको बाधा अड्काउ फुकाउको प्रयोग केन्द्रीय कमिटीको बहुमतले मात्रै गर्न सक्ने उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार