२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेपाली कांग्रेस पदाधिकारी बैठक

पौडेलले देउवालाई भने : "आफ्नो नेतृत्वमा सरकार गठनको प्रयास गराै, सघाउँछाैँ "

प्रचण्डकाे प्रस्ताव : "कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाउ "

शुक्रवार , फाल्गुण २८, २०७७

काठमाडौं, फागुन  । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले आफ्नो नेतृत्वमा सरकार गठनको प्रयास गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेको छ ।

सरकार गठनमा निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) का नेताहरुसँग भेट्नुअघि सभापति देउवाले दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाएका छन् ।

त्यसअघि पौडेल समूहका नेताहरु महामन्त्री शशांक कोइरालाको निवासमा भेला भएका थिए । भेलामा सहभागी एक नेता भन्छन्, ‘पदाधिकारी बैठकमा सभापतिजीलाई आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्नुस्, हाम्रो सहयोग रहन्छ भन्छौं ।’

एमाले र माओवादी केन्द्र ब्युँतिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको सहयोग लिन खोजेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाउन प्रस्ताव गरेका छन् ।

कांग्रेस आफैंले भने आफ्नो नेतृत्वमा सरकार गठनको अग्रसरता देखाएको छैन । नेताहरुका अनुसार यो विषय जसपा नेतासँग शुक्रबार हुने छलफलमा धेरै भर पर्छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार