२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा एमाले : 'अध्यक्ष ओलीले माधव नेपाल पक्षका नेताको जिम्मेवारी खोसे '

शुक्रवार , फाल्गुण २८, २०७७

काठमाडौं, फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बैठक नै नराखी माधवकुमार नेपाल समूहका नेताहको जिम्मेवारी खोसेका छन् ।

सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि ब्युँतिएको एमालेका अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक ७ चैतमा बोलाएका छन् । तर बैठकको एक साताअघि नै आफ्नो समूहको बैठक राखेर ओलीले महासचिवबाहेकका सबै पदाधिकारी हटाएका छन् ।

बैठकले साबिकको नेकपा दुई खेमामा विभाजित हुँदा आफ्नो समूहले गरेको नियुक्तिलाई नै निरन्तरता दिने निर्णय गरेको छ । बैठकमा सहभागी एक नेताका अनुसार प्रदेश १ को इन्चार्जमा भीम आचार्यलाई हटाएर सुवासचन्द्र नेम्वाङ, बाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादल, कर्णाली प्रदेशको इन्चार्जमा युवराज ज्ञवालीलाई हटाएकाे छ 

प्रदेश २ का सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीमा शंकर पोखरेल कायमै छन् । उनीहरु ओली पक्षका नेताहरु हुन् । यस्तै विदेश विभाग प्रमुखमा माधवकुमार नेपाललाई हटाएर राजन भट्टराई तोकिएका छन् ।

कसको जिम्मेवारी के तोकियो ?

प्रदेश १ इन्चार्ज :  सुवासचन्द्र नेम्वाङ, अध्यक्ष : देवराज घिमिरे सचिव : विनोद ढकाल

प्रदेश २ इन्चार्ज : सत्यनारायण मण्डल अध्यक्ष : प्रभु साह, सचिव : सुमन प्याकुरेल

बाग्मती इन्चार्ज : रामबहादुर थापा बादल अध्यक्ष : आनन्द पोखरेल सचिव : खेम लोहनी

गण्डकी इन्चार्ज : पृथ्वीसुब्बा गुरुङ अध्यक्ष : जगत विश्वकर्मा सचिव : गोविन्द नेपाली

लुम्बिनी इन्चार्ज : शंकर पोखरेल अध्यक्ष : लीला गिरी सचिव : खेममान खड्का

कर्णाली इन्चार्ज : यमलाल कँडेल अध्यक्ष : गुलाबजंग शाह सचिव : धर्मराज रेग्मी

सुदूरपश्चिम इन्चार्ज : लेखराज भट्ट अध्यक्ष : कर्ण थापा सचिव : राजेन्द्र सिंह रावल

विभागहरु :

स्कुल विभाग प्रमुख : केपी शर्मा ओली

संगठन विभाग प्रमुख : विष्णु पौडेल

विदेश विभाग प्रमुख : राजन भट्टराई

सम्पर्क कमिटी र कोष तथा आर्थिक विभाग प्रमुख : छविलाल विश्वकर्मा

संसदीय विभाग प्रमुख : सुवास नेम्वाङ

निर्वाचन विभाग प्रमुख : विष्णु रिमाल

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार