२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

उपप्रधानमन्त्री पोखरेलले भने : " बेथितिको विकल्प निर्वाचन "

बिहिवार , फाल्गुण २७, २०७७

पर्सा, फागुन  । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थको अन्त्य र संसद्मा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन । उनले भने,“निर्वाचनका लागि तयार हुन म आममतदाता समक्ष आग्रह गर्दछु ।”

प्रेस सेन्टर पर्साद्वारा आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रतिनिधिसभामा दलबीच समन्वय भई प्रक्रिया सामान्य ढङ्गले अगाडि नबढे ताजा जनादेशमै जाने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता पोखरेलले सर्वोच्च आदालतको फैसलाबाट उत्पन्न भएको वर्तमान राजनीतिक अवस्थाको सामना गर्दै एमाले र माओवादी केन्द्रका जिल्लादेखि केन्द्रसम्ममा नयाँ ढङ्गले पुनः एकता हुने धारणा व्यक्त गरे ।

उनले दलको नामबारे अदालतले दिएको फैसलाले दुवै पार्टीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा पु¥याएकाे उल्लेख गदैर् भने, पार्टीबीचको एकता र पार्टीका नेता कार्यकर्तालाई सम्मानजनक ढङ्गले व्यवस्थापन गर्ने सोचका साथ एमाले अगाडि बढेको छ ।  उनले  भने, बारा र पर्सामा सडक निर्माण तथा पूर्वाधार विकासका काममा देखिएको बेथितिको चाँडै अन्त्य हुन्ह ।

उनले  थपे, ठेक्का सकार गर्ने र लामो समयसम्म काम नगरी सर्वसाधारणलाई दुःख दिने प्रवृत्तिको अन्त्यका लागि प्रधानमन्त्री ओलीसँग भेटी आग्रह गरिने  छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार