२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

काँग्रेस नेता डा. कोइरालाले भने

नेपाली काँग्रेस : “ एमालेसँग सहकार्य गरेर सरकारमा जाँदैन ”

‘सर्वोच्च अदालतको दोस्रो फैसलापछि देश झन् अन्योलतातर्फ गयो’

बुधवार , फाल्गुण २६, २०७७


बिर्तामोड, फागुन । नेपाली काँग्रेस एमालेसँग सहकार्य गरेर सरकारमा नजाने नेता डा. शेखर कोइरालाले  बताएका छन ।  प्रेस युनियन झापाले बुधबार बिर्तामोडमा आयोजना गरेको  पत्रकार सम्मेलनमा बोल्दै नेता डा. कोइरालाले भने,  ‘सर्वोच्च अदालतको दोस्रो फैसलापछि देश झन् अन्योलतातर्फ धकेलियो ।’
उनले भने, ‘संविधान समाप्त पार्ने खेलमा लागेका कारण एमालेसँग सहकार्य गरेर काङ्ग्रेस सरकारमा जान सक्दैन ।  ‘संसद पुनस्थापनापछि संविधान त बाँच्यो तर संसद चल्नसक्ने अवस्था छैन, अब देशलाई निकास दिन निर्वाचनमा जानुको विकल्प छैन्’। 

नेता कोइरालाले कांग्रेसका अबका गतिविधि र कार्यक्रम चुनाव मुखी हुनुपर्ने बताउँदै त्यही अनुसारको तयारी गर्न नेता–कार्यकर्तालाई आग्रह गरे  । 
काँग्रेसभित्रका प्रभावशाली नेता कोइरालाले १४ औं महाधिवेशनको सिलसिलामा आफू जिल्ला दौडाहामा आएको बताउँदै आफू सभापतिको दाबेदार रहेको उल्लेख गरे । नेपाली काङग्रेसका नेता कृष्णप्रसाद सिटौला पनि आफूसँगै रहेको बताउँदै कोइरालाले भने, सिटौलासँग छुट्टै कुरा हुन्छ । ’
केन्द्रीय सदस्य गुरुराज घिमिरेले अहिलेको राजनीतिक संकट मोचनको दायित्व काङ्ग्रेसको काँधमा आएको बताए । अर्का केन्द्रीय सदस्य धनराज गुरुङले काङ्ग्रेस अहिले पनि अलमलमा रहेको बताए  । दर्शक दीर्घामा बसेर काङ्ग्रेसले गोल हान्न खोजेको भन्दै मैदानमा उत्रिन नसक्नु कमजोरी भएको नेता गुरुङको भनाइ छ  । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार