२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रतिनिधिसभा बैठक : "संसदमा अध्यादेशबारे सहमति नजुट्दा स्थगित"

बुधवार , फाल्गुण २६, २०७७

काठमाडौं,  फागुन ।  प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारले संसद नभएका बेला ल्याएका अध्यादेश पेश गर्ने कि नगर्ने भन्ने विषयमा दलबीच विवाद भएपछि शोक प्रस्ताव मात्र पारित गरेर स्थगित भएको हो ।

बुधबार कार्यव्यवस्था परामर्श समितिमा नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा सरकारले ल्याएका अध्यादेश पेश हुनुपर्ने बताएको सुनाए ।

तर अन्य दलका प्रमुख सचेतक र सांसदहरुले संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेश गर्न नदिने अडान लिए ।

अध्यादेश पेश गर्न नेकपा एमालेबाहेक अरु दलले नमानेपछि शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम पनि नराखी शोक प्रस्ताव पारित गरेर मात्र बैठक स्थगित गरिएो सभामुख निकट स्रोतले बतायो ।

संसदको अर्को बैठक चैत ३ गतेका लागि बोलाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार