२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश

गगन थापाले भने : 'प्रमले झूट बोले - एसिड आक्रमण विरुद्धको अध्यादेश भनेर'

'संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याए असंवैधानिक नियुक्तिकाे

मंगलवार , फाल्गुण २५, २०७७

काठमाडौँ, फागुन ।  एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर  प्रधानमन्त्री केपी शर्मा ओलीले झूट बोलेको कांग्रेस नेता गगन थापाले बताएका छन् ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर असंवैधानिक नियुक्ति गरेको कुरामा आफूहरुले विरोध गर्दा एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर डंका पिटेको थापाको भनाइ छ ।

मंगलबार थापाले एसिड आक्रमण र महिलामाथि हुने हिंसाविरुद्धका अध्यादेश त अझ सुधार गरेर कानुन बनाउन आफूहरु तयार रहेको उल्लेख गर्दै सामाजिक सञ्‍जालमा लेखेका छन्, 'संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर असंवैधानिक नियुक्ति गर्ने,त्यसको विरोध गर्दा एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर डंका पिट्ने? झूट प्रधानमन्त्रीज्यू !

एसिड आक्रमण र महिलामाथि हुने हिंसाविरुद्धका अध्यादेश त अझ सुधार गरेर कानुन बनाउन हामी सदनमा प्रतीक्षारत छौँ।'

 

 

सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आयोजित कार्यक्रममा दाहाल-नेपाल समूह र कांग्रेसले एसिड आक्रमणविरुद्ध सरकारले पेस गर्न लागेको अध्यादेश रोकेको आरोप लगाएका थिए ।

प्रधानमन्त्रीले उक्त कार्यक्रममा भनेका थिए, 'एसिड आक्रमणविरुद्धको अध्यादेश सरकारले टेबल गर्न आँट्यो । फेल गरे भइगो नि सक्छौ भने । फेल गर्ने आँट कसैको छ ? ... एसिड छ्याप्न हुने, अध्यादेश ल्याउन नहुने ?'

गत असोज १२ गते मन्त्रिपरिषद्को सिफारिसमा तेजाब आक्रमणका दोषीहरुलाई कडा कारबाही गर्ने व्यवस्थासहितको कानुनी व्यवस्था गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी थिइन् । 
संशोधित कानुनअनुसार एसिड छ्यापे २० वर्षसम्म कैद र १० लाख रूपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ ।
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार