२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

मेयर कप क्रिकेट : नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई दुई रनले हरायाे

शनिवार , फाल्गुण २२, २०७७

काठमाडौं, फागुन । अत्यन्तै रोमाञ्चक स्पर्धामा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई दुई रनले हराएको छ । पुलिसले प्रस्तुत गरेको ७३ रनको लक्ष्य पछ्याउँदै बागमती २७ ओभर २ बलमा मात्र ७० रनमा समेटिन पुग्यो ।

काठमाडौंमा शनिबारबाट सुरु भएको मेयर कप क्रिकेटको दोस्रो खेलमा झिनो लक्ष्य पछ्याउने क्रममा २१ रनमै दुई विकेट गुमाएको बागमतीका कुनै पनि ब्याट्सम्यानले संयमित पारी खेल्न नसक्दा उसले हार बेहोरेको हो । ५७ रनमा पाँच विकेट गुमाएको बागमतीलाई जितका लागि १६ रन आवश्यक छँदा थप १३ रन जोडन पाँच विकेट गुमाएर ७० रनमा समेटिन पुग्यो ।

कप्तान ज्ञानेन्द्र मल्लले २२ तथा आदिल खानले दश रन बनाउनु अतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यान दोहोरा योगफल समेत छुन सकेनन । बागमतीका पारस खडका, सोनु देवकोटा, नन्दन यादब र रामनरेश गिरी डक आउट हुनुभयो ।

बागमतीलाई सस्तोमै समेटन दीपेन्द्रसिंह ऐरीलाई सर्वाधिक चार विकेट लिनुभयो । सागर ढकालले दुई तथा ललित राजवंशीले तीन र राशिद खानले एक विकेट लिनुभयो । त्यसअघि, मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको नेपाल पुलिस क्लब ७२ रनको झिनो योगफलमा समेटिएको थियो ।

बागमतीले उसलाई २५ ओभर २ बलमा मात्र ७२ रनमा रोकेको हो । पुलिसले १९ रनमै चार विकेट गुमाएर कमजोर सुरुवात गर्यो । ओपनर सुनिल धमलाले १० र कुशल भुर्तेलले दुई रन बनाएर पेभेलियन फर्किनुभयो ।

कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र अमित श्रेष्ठको रुपमा बागमतीका नन्दन यादवले लगालग तीन विकेट लिएपछि पुलिसको पारी धरमराएको थियो ।

मध्यक्रममा अनिलकुमार साह र दिलीप नाथले सामान दश दश रन तथा मञ्जित श्रेष्ठले १५ रनको योगदान दिनुभयो । उसको पारीका छ जना ब्याट्सम्यान दोहोरा योगफल छुन सकेनन । बागमतीका लागि नन्दन यादवले तीन तथा अरियो पौडेलले चार र सोनु देबकोटाले एक विकेट लिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार