२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा संसदीय दल

प्रचण्ड-माधवकाे दावी ११५ , ओली बैठक आज  : " १११ काे बहुमत , कस्ले मार्ला बाजी "

बहुमतका लागी ९१  प्रतिनिधिसभा सदस्य र २४  राष्ट्रियसभा सदस्य

शनिवार , फाल्गुण २२, २०७७

काठमाडौं, फागुन  ।  आज  शनिबार नेकपा ओली समूहले संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार नेकपा प्रचण्ड-माधव समूहले बोलाएको संसदीय दलको बैठक बसेकाे थीयाे । 

शुक्रबार बसेकाे नेकपा प्रचण्ड-माधव समूहकाे बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गर्‍यो । बैठकपछि दलका नेता प्रचण्डले आफूहरुको पक्षमा ११५  सांसद रहेको दावी गरेका छन ।  शुक्रबारको बैठकमा १०७ ले मात्र उपस्थितिमा हस्ताक्षर गरेकाे पाइएकाे छ । 

यद्यपि नेताहरु ९१  प्रतिनिधिसभा सदस्य र २४  राष्ट्रियसभा सदस्य आफूहरुको पक्षमा रहेको दावी गरेको छ । शुक्रबारको बैठकमा कृष्णबहादुर महरा, योगेश भट्टराईसहित ७ जना उपस्थित हुन नसकेको उनीहरु बताउँदै अाएका छन ।

प्रचण्ड-माधव समूहले दलको नेता चयन गरेको भोलिपल्ट शनिबार नेकपा ओली समूहले संसदीय दलको बैठक बोलाएको छ । यो समूहले कति सांसद जुटाउँछ भन्ने हेर्न बाँकी छ ।

बहुमतका लागि १११ आवश्यक नेकपाको प्रतिनिधिसभामा १७४ र राष्ट्रिय सभामा ५०  गरी कुल २२४  सांसद हुन् । उनीहरुमध्ये प्रतिनिधिसभा सदस्य सानु शिवाको निधन भएको छ र उनको ठाउँमा कोही चयन भएको छैन ।

सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले पनि मत दिन पाउँदैनन् । त्यसैले नेकपा संसदीय दलमा २२१ ले मतदान गर्न पाउँछन् र बहुमत पुर्‍याउन १११  सांसद चाहिन्छ ।

बामदेव गौतम कता ? नेकपा दुई समूहमा विभाजित हुँदा उपाध्यक्ष बामदेव गौतम कुनै पक्षतिर लागेका छैनन् । उनी राष्ट्रियसभा सदस्य छन् भने उनकी पत्नी तुलसा थापा प्रतिनिधिसभा सदस्य छिन् ।

गौतम दम्पति जस्तै प्रतिनिधिसभा सदस्य लालबाबु पण्डित पनि कुनै पक्षमा खुलेेका छैनन् । ‘म पार्टी एक हुनुपर्छ भन्नेमा छु’ उनले  भने, ‘कुनै पक्षको संसदीय दल वा बैठकमा नजाने बताएका छन । संसदभित्र आफ्नो भूमिका निभाउँछु ।’ नेताहरुका अनुसार संसदीय दलमा मतविभाजन हुने अवस्था आए उनीहरुको मत महत्वपूर्ण हुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार