२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रधानमन्त्री ओलीले भने : 'नेपालमा अब हिंसात्मक द्वन्द्व रहेन'

शुक्रवार , फाल्गुण २१, २०७७

काठमाडौं, फागुन  । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन् ।

सरकार र विप्लव समूहबीच भएको सहमतिमा हस्ताक्षर गर्न शुक्रबार आयोजित समारोहमा उनले नेपालमा अब हिंसात्मक द्वन्द्व नरहेको बताएका हुन् । ओलीले भने, ‘अब कुनै पनि पार्टीले हिंसात्मक बाटो र कार्यदिशा अवलम्बन गरिरहेको छैन ।

यसको अर्थ नेपालमा हिंसात्मक द्वन्द्व छैन, शान्ति छ ।’ उनले समूहका महासचिव नेत्रविक्रम चन्दको एउटा निर्णयबाट मुलुकले उपलब्धि हासिल गरेको भन्दै विप्लवलाई धन्यवाद पनि दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार