२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा प्रचण्ड–माधव समूह

संसदीय दलको बैठक : 'ज्येष्ठ सदस्य झलनाथ खनालले गरे अध्यक्षता'

शुक्रवार , फाल्गुण २१, २०७७

काठमाडौं, फागुन। नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ । बैठक ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा बसेको छ ।

आजको बैठकले पुनः संसदीय दलको नेता चयन गर्ने एक सांसदले जानकारी दिए । यसअघिको बैठकले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई दलको नेताबाट हटाएर प्रचण्डलाई दलको नेता चयन गरेको थियो ।

तर संसद विघटन बदर गर्दै सर्वोच्च अदालतले पुस ५ गतेभन्दा अगाडिकै स्थितिमा फर्किएको फैसला गरेपछि प्रचण्ड–माधव समूहले फेरि दलको नेता चयनको निर्णय गर्न लागेको हो ।

एक सांसद  अनुसार बैठकमा राष्ट्रियसभा र प्रतिनिधिसभाका गरी ११२  सांसदहरु सहभागी छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार