काठमाडौं, फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले आज एउटै मन्चबाट संबोधन गर्ने भएका छन । सरकार र नेत्रविक्रम चन्द विप्लव समह बीच तीनबुँदे सहमतिभएपछि सो कार्यकको आयोजना गरिउको हो ।
सो सहमति आज दिउँसो २ बजे विशेष समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा सार्वजनिक गरिने भएको छ ।
राष्ट्रिय सभागृहमा आयोजना गरिने सो कार्यक्रममा प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्ने छन् । वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।
सो वार्ता टोलीबीचको सहमतिपछि सो कार्यकमको आयोजना गनै लागिएको हो ।