२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

निर्वाचन आयोग

पूर्वप्रमुख निर्वाचन आयुक्तले भने : "पछिल्लो विवादबारे यथाशीघ्र निर्णय गर "

'प्रचलित कानुन र स्थापित नजिरका आधारमा यथाशीघ्र उपयुक्त निर्णय देउ'

बिहिवार , फाल्गुण २०, २०७७

काठमाडौँ,  फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद हालसम्म नटुङ्गिएकाले  पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले राजनीतिक दलको पछिल्लो विवादबारे प्रचलित कानुन र स्थापित नजिरका आधारमा यथाशीघ्र उपयुक्त निर्णय दिन निर्वाचन आयोगसँग आग्रह गरेका छन् ।

निर्वाचन आयोगसँग पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधीप्रसाद यादव र दोलखबहादुर गुरुङले बुधबार संयुक्त विज्ञप्ति प्रकाशन गरी उक्त सुझाव दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, 'राजनीतिक दलको विवाद निरुपणमा ढिलाइ गरेको भनी निर्वाचन आयोगको निर्णय क्षमता र स्वायत्तताका विषयमा उठाइएका प्रश्नले हामीलाई गम्भिर बनाएको छ ।'

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद हालसम्म नटुङ्गिएको स्थितिमा उनीहरुको यो प्रतिक्रिया आएको छ ।

आयोग अनिर्णयको बन्दी हुँदा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्नसक्ने गाम्भीर्यता तथा आयोगको आफ्नै शाखमा पर्नसक्ने असरलाई समेत विचार गरी चाँडो निर्णय दिन उनहरुले अनुरोध गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार